गैडाकोटका ५ सय घर डुबान

0

नवलपुर,असार २८ । गैडाकोट नगरपालिकाका तिनवटा वडा डुबानमा परेका छन । ३ दिनसम्म परेको झरीले गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांस घर डुबेको हो । सबै भन्दा बढि वडा नम्बर वडाका घर डुबेका छन । त्यहा २ मिटर सम्म डुबेको छ ।

 

त्यसक्षेत्रमा आकाशवाट परेको पानीले निकास नपाउदा ४ सय ९३ घर डुबानमा परेका छन । त्यस क्षेत्रमा लगाइएको धान र मकैवाली पनि डुबेको छ । लगातारको वर्षादले शनिवार राति २ बजे ३ वटा वडाका ११ गाउ बुवानमा परेको हो ।

 

वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले बाढिले निकास नपाउदा करिब ५ सय घर डुबानमा परेको जानकारी दिए । उनले आइतवार बिहान डोजर लगाएर पानीको निकास निर्माणको काम थालेको जानकारी दिए । ५ सय घर २ मिटर भन्दा बढि डुबेको छ ।

 

स्थानियका खाद्यान्न , लुगाफाटो भिजेको छ। स्थानिय बासिन्दा एकदेब रिमालले कालीगण्डकी चोक देखि उत्तर तर्फका घरहरु बढि डुबानमा परेको र स्थानियहरु घरको माथिल्लो तलामा सर्ने काम भैरहेको जानकारी दिए । प्लटिंग गरेका घर घडेरीमा पानीकालागि नाला नबनाइएको र समथर भूभाग भएका कारण वाढिले निकास नपाउदा समस्या देखिएको हो ।

Nawalpur FM

You might also like