स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड पनि पालना नगरी खुले पश्चिम नवलपरासीका हाटबजार (फोटो फिचर)

0

रेनुका चौधरी 

परासी, साउन । गएरातीदेखी लकडाउन खुले संगै पश्चिम नवलपरासीका विभिन्न स्थानमा हाटबजार पनि संञ्चालनमा आएको छ । सदरमुकाम परासीमा गत हप्ता देखिनै रामग्राम २ मा रहेको हाटबजार स्थलमा व्यापार सुरु भएपनि आज बुधबारे हाटबजारमा भने बाक्लो भिड थियो । तर भिडमा समाजिक दुरी हुने त कुरै भएन् मास्क समेत प्रयोग गरेको देखिएन ।

जनस्वास्थ्यविद्हरुले कोरोना बाट बच्न सर्तकता अपनाउन पटक पटक आग्रह गरिरहेपनि अहिले लकडाउन खुल्नु कोरोना नै नियन्त्रणमा आएको जस्तै गरी हाटबजारमा मास्क समेत प्रयोग नगर्ने गरेको पाईएको छ । आज परासी स्थीत हाटबजारमा समान खरिद विक्रि गर्ने अधिकांशले मास्कको समेत प्रयोग गरेका थिएनन् भने हाटबजार प्रवेश गर्दै गर्दा सर्तकता अपनाउन आग्रह सहितको व्यानर भने झुन्डीरहेको थियो ।

सरकारले मास्क नलगाउनेलाई कारवाही गर्न समेत निर्देशन दिएको छ तर पश्चिम नवलपरासीमा भने प्राय मानिसले मास्क लगाएको पाईदैन । मानिस त स्वयः सचेत नदेखिए पनि सुरक्षा निकाय र स्थानिय तहले पनि यस तर्फ वेवास्ता गरेको धेरैको गुनासो छ ।

नेपालमा कोरोना संक्रमणको दर केही कम भएपनि छिमेकि भारतमा भने दैनिक हजारौँ कोरोना संक्रमित भेटिईरहेका छन् । तर भारतसँग खुला सिमा रहेको पश्चिम नवलपरासीमा भने स्वास्थ्य सुरक्षा अपनाईएको छैन् । ‘‘मास्क लगाएर बोल्दा आवाज नै सुनिदैन कोरोना भागिसक्यो,’’ एक जना व्यसायीले भने, ‘‘अब के मास्क लगाउनु ।’’

परासी मात्र होईन सुस्ता प्रतापपुर र सुनवलका केही स्थानमा यस अगाडी नै हाटबजार लागेको थियो । सुस्ता र प्रतापुरको सिमानामा पर्ने बजारमा हिजो हाटबजारको भिड थियो । ठेलमठेल मानिस थिए तर एक दुई जना बाहेक कसैले पनि मास्क प्रयोग गरेका थिएनन् ।

व्यवसायीहरुले कोरोना कारण भन्दै समान पनि महंगोमा विक्रि गरेका छन् । लकडाउनको समयमा सस्तोमा पाईने तरकारीको मुल्य लकडाउन खुकुलो हुदै गर्दा नै ह्वात्तै महंगिएको थियो भने मासु फलफुल लगाएत दैनिक उपभोग्यका प्राय समानमा मुल्य वृद्धि गरिएको छ ।

Radio parasi

You might also like