रोहिणी गाउँपालिकाद्वारा विपन्न परिवारलाई बाख्राका पाठी वितरण

0

धकधई – रुपन्देहीस्थित रोहिणी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत आईतवार बिपन्नलाई बाख्राका पाठी बितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डा.कृष्ण प्रसाद न्यौपानेले प्रदेश सरकार सधै विपन्नका पक्षमा रहेको बताउदैं बाख्रापालन गरी जिविकोपार्जन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउपालिकाले विपन्न एंव आदिवासी जनजाति मधेशी तथा महिलाहरुका आयआर्जनमा बिशेष काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, पशु विकास शाखा प्रमुख ओम प्रकाश ठाकुरलगायतले बोल्नुभएको थियो ।
बाख्राका पाठी पाएपछि किसानहरु हर्षित भएका थिए ।

स्विकृत कार्यक्रम अनुसार १० लाखको बाख्रा वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने जानकारी दिनुभयो ।

You might also like