व्यावसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सैलुन व्यावसायी उत्रिए सडकमा

0

मङ्लबार, भदौ ३०

सैलुन व्यावसायीहरुले व्यावसाय सञ्चालनको उचित वातावरण बनाइदिन काठमाडौँमा प्रदर्शन गरेका छन् ।
कोरोना महामारीले लकडाउन छाउदा लामो समयसम्म बन्द रहेको व्यावसायमा मार्का परेको भन्दै प्रदर्शन गरेका हुन् ।

 

‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो ।

साथै नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका मागसमेत संघर्ष समितिले गरेको छ ।

उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।

You might also like