गौरीफन्टा नाकाबाट पहिलोपटक धनगढी भित्रियो रासायनिक मल
गौरीफन्टा नाकाबाट पहिलोपटक रासायनिक मल धनगढी पुगेको छ। सुदूरपश्चिम प्रदेशका लागि भारतबाट गौरीफन्टा नाका हुदै पहिलोपटक रासायनिक मल आयात गरिएको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिमले जनाएको छ।
साल्ट्र ट्रेडिङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेका अनुसार पश्चिम भारतको बंगालबाट २००४ मेट्रिक टन (सुपर सिंगल फस्फेट) मल ल्याइएकोमा १००० मेट्रिक टन शुक्रबार भित्रिएको हो। यसले सुदूरपश्चिममा मलको अभाव घटाउने र कृषि उत्पादन बढ्ने जनाइएको छ। dineshkhabar