कावासोती र मध्यबिन्दुका १९ जनासहित, गण्डकीमा ३२ जनामा कोरोना संक्रमण

0

नवलपुर,असार १९ ।  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १९ जना  तनुहँका ९ जना, पर्वतका ३ ना र बागलुङका १ जना रहेका छन्।

नवलपुरको जानकारी 

नवलपुर जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १९ जनाको कोरोना पोजेटिभ देखिएको हो । कावासोतीका ३ महिला सहित १४ जना पुरुष र मध्यविन्दु नगरपालिकाका १ महिला सहित ५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ

संक्रमणम पुष्टि हुनेहरुमा १० बर्षिय बालकदेखि ४९ बर्षका पुरुष सम्म रहेका छन । उनिहरु सवै पूर्वी नवलपरासी (नवलपुर) का क्वारेन्टिनमा रहेका छन् ।

You might also like