सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीले लिनु संविधान विपरित – नेतृ संग्रौला

0

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीले लिनु संविधान विपरित रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन नवलपुरले सोमवार कावासोतिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सभासद डाक्टर सग्रौलाले शान्ति सम्झौतामा आइसकेको नेपालमा सरकारले विप्लव समुहलाइ प्रतिवन्ध गरेसगै देश द्वन्द्वकालमा गएको बताउनुभयो । उहाँले विप्लव समुहलाई हतियार विसाइ शान्ति सम्झौतामा आउनुपर्ने कांग्रेसको आव्हान रहेको समेत बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले जनताले शान्तिको अनुभव अझैपनि गर्न नपाएको बताउनुभयो । यस्तै उहाँले बलत्कार पछि हत्या गरिएकि कन्चनपुरकि १३ वर्षिय बालिका निर्मला पन्तको हत्याको अभियुक्तलाई सरकारले संरक्षण गरेर राखेको आरोप लगाउनुभएको छ । नेपाल महिला संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका प्रतिनिधि सदस्य संग्रौलाले सरकारले हत्या हिंसा अन्त्य गरेको भन्दै झुठ बोलिरहेको ठोकुवा गर्नुहुँदै आफुले संसदमा यसबारे पटकपटक आवाज उठाउने गरेको जानकारी दिनुभयो । नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुली को सभापतित्वमा भएको पत्रकार सम्मेलनमा सभासद एव नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल महिला संघका पुर्व केन्द्रीय अध्यक्ष डाक्टर डिला संग्रौला प्रमुख अतिथि रहनुभएको थियोे । यसैगरी प्रदेश ३ का साँसद मिलन बाबू श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे लगायतको सहभागिता रहेको थियो ।

You might also like