‘क्रान्तिका लागि उपर्युक्त समय’
टेक मास्की, बुटवल – नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य संङकुलले मुलुकमा क्रान्तिका लागि उपयुक्त समय बन्दैं गएको दावी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले चालेको कदम प्रतिगामी भन्दैं उनले संसदीय व्यवस्था र राज्य सक्ता नैं असफल हुंदैं गएकाले क्रान्ति गर्ने बातावरण बन्दैं गएको दावी गर्नुभयो । पार्टीको रुपन्देहीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दैं संङकुलले विघटित संसद पुर्नस्थापना मुलुकको निकासको विकल्प नभई संघीय जनगणतन्त्र भएकोमा जोड दिनुभयो । उहाँले मुलुकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टलाई एकीकरण तथा धु्रविकरण गर्न पार्टीले अगुवाई गर्ने बताउनुभयो । अर्का पोलिटव्यूरो सदस्य प्रमोदले मुलुकमा संसदीय व्यवस्था असफल बन्दैं गएकाले संसद पुर्नस्थापना र फालिएको राजा ल्याउनु अहिलेको निकास नभएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वाधिनताको लडाईसंगैं राष्ट्रियता,जनतन्त्र र जनजीविका लागि पार्टीले संघर्ष गर्ने उहाँले बताउनुभयो । पार्टीले ओलीले चालेको प्रतिगामी कदमको विरुद्ध,संसदीय व्यवस्थाको भण्डाफोर र संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका अनुसार पुष १७ गते बुटवल,१९ गते भैरहवामा विरोध सभा गर्ने सो पार्टीले जनाएको छ । यस्तैं माघ ५ गते जिल्लास्तरको नेपालगञ्ज,१५ गते भैरहवा,दाङको भालुवाङ र प्रदेश स्तरको चैत्र २४ गते बुटवलमा प्रर्दशनसहित सभा गर्ने जनाएको छ । भेलाले पार्टीको सुदृणीकरणमा जोड दिंदैं जिल्ला,नगर,गाउं तथा वडामा भेला,सम्मेलन,अधिवेशन तथा बैठक सम्पन्न गर्ने पनि ठेगान गरेको पार्टीले जनाएको छ । आजको बर्दघाट पोष्ट दैनिकले छापेको छ ।