साउन ७ सम्म लकडाउन थप्‍ने, अहिलेकै अवस्था कायम राख्ने निर्णय

0

काठमाडौं,असार १६ । 

सरकारले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यथाअवस्थाको लकडाउनलाई स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय सोमबार गरेको हो।  देशभर कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अहिले कायम लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ।

सरकारले कोरोना फैलिन नदिन सामाजिक दुरी र स्वास्थ्यसम्बन्धी सतर्कताका लागि यही स्वरुपको लकडाउनलाई साउन पहिलो सातासम्म पुर्‍याएको हो। सरकारले लकडान कडा तथा खुकुलो बनाउने निश्‍चित जिल्ला र क्षेत्र सिल गर्ने अधिकार प्रदेश सरकारलाई दिइसकेको छ।

अब स्थानीय र प्रदेश सरकारले नै कोरोनाको संक्रमणको अवस्था हेरेर लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन्।  गत चैत ११ देखि देशमा जारी लकडाउनलाई जनस्तरबाट तीव्र विरोध र असन्तुष्टि भएपछि सरकारले असार १ देखि खुकुलो बनाएको थियो ।

त्यसयता अधिकांश पसल खुलेका छन् भने निजी सवारी पनि जोर विजोर प्रणालीमा चलिरहेका छन्। सरकारको यही स्वरुपको लकडाउन अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान मात्रै नियमित भएका छैनन्। त्यसैगरी भाडा निजी सवारी साधन सडकमा गुडेका छैनन्।

सरकारले अझैसम्म सिनेमा घर, ठूला सपिङ मल, शैलुन, जिम, पौडी पोखरी, पार्लर र विद्यालय भने खोलेको छैन।

Nawolpur FM

You might also like