थारु पत्रकार संघ नेपालको अन्तरक्रिया
सन्ध्या महतो
नवलपरासी – थारु पत्रकार संघ नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा थारु समुदायको हक, अधिकार र पहिचानमा हाम्रो दायित्व ? विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघकी जिल्ला अध्यक्ष रेनुका चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा थारु अगुवा पुरन प्रसाद चौधरीले थारु, आदिवासीको हक, अधिकारका लागी भैरहेका आन्दोलनलाई अवका थारु समुदायका युवाहरुले ग्रहण गरीरहेको बताउदै थारु पत्रकारहरुलाई हाम्रो समुदाय कुन विषयमा पछी परेको भन्ने कुरा तर्फ ध्यान दिई कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष देवराज चौधरीले थारुहरुले आफ्नो रितिरीवाज भुल्दै अरुको रितीरीवाज अपनाउदै गएको गुनासो गर्नुभयो ।
कार्यक्रममा थारु कल्याणरिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीले थारुहरुको हक, अधिकार र पहिचानमा पहुँच पुर्याउन थारु बुद्धजीवी, युवाहरुमा एक प्रकारको नशा नै छाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सुस्ता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक कुमार चौधरी, कानुन व्यवसायी चेतनारायण राय, आर्दश मा.वि. खोखरपुराका प्रअ देवनारायाण चौधरी, थाकसका केन्द्रिय महिला सदस्य मन्जु चौधरी, जिल्ला सदस्य गुलाव चौधरी, जोग कुमारी चौधरी, थाकस नगर कमिटिका अध्यक्ष देवेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संघका जिल्ला सदस्य ईन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो ।