पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण

0

असार १०, २०७७

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्ना सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।  राष्ट्रिय टोलीका खेलाडीहरू फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना संक्रमण पुष्टि भएको हो।  यसअघि नै बोर्डले शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो। कोरोना टेस्ट नेगेटिभ देखिएका खेलाडीहरुलाई भने पाकिस्तानले बेलायत पठाउँदैछ। गत अगस्टदेखि नै पाकिस्तान र इंग्ल्याण्डबीच निर्धारित तीन टेस्ट र टी–२० म्याच सिरिज प्रभावित भएको छ। पाकिस्तानमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। अहिलेसम्म त्यहाँ एक लाख ८५ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् भने करिब चार हजार मानिसको ज्यान गइसकेको छ।

Thaha khaber

 

You might also like