कोरोना संक्रमित : पश्चिम नवलपरासीमा ५२ र नवलपुरमा १ सय ३० जना संक्रमित

0

नवलपरासी ६ असार : थप दुई जना कोरोना संक्रमिण थपिएसंगै पश्चिम नवलपरासीमा संक्रमितको संख्या ५२ पुगेको छ ।
शनिबार प्रादेशिक प्रयोगशाला भैरहवामा भएको परिक्षणको क्रममा प्रतापपुरमा ५२ वर्षीया एक पुरुष र पाल्हीनन्दनकी ७ वर्षीया बालीकामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ५२ पुगेको हो ।
त्यस्तै सुस्ता गाउँपालिकामा हाल सम्म २१ जना, सुनवलमा ६ जना, रामग्राममा ३ जना, बर्दघाटमा दुई जना र सरावलमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबिच प्रतापपुर गाउँपालिका उपाध्यक्ष अन्जु कुमारी चौधरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै नवलपुरमा शनिवार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित मध्यबिन्दु नगरपालिकाका भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी गराउनुभयो ।
योसँगै नवलपुरका १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा भएको परीक्षणमा मध्यबिन्दुका २ महिला र १३ पुरुष गरी १५ जनामा संक्रमित फेला परेको स्वास्थ्य कार्यालयमा जानकारी प्राप्त भएको उहाँँले बताउनुभयो । नवलपुरका दिनहुं संक्रमितको स.ख्या बृद्धि हुदै गएको हो ।

You might also like