बर्दघाट नगरपालिकाद्धारा बजेट तयारीलाई तीब्रता

0

बर्दघाट ४ असार – बर्दघाट नगरपालिकाले बजेट सम्बन्धि आन्तरिक तयारी तीब्र बनाएको छ । बजेट तयारीलाई तीब्र बनाइएको छ– नगर प्रमुख धीरज शर्मा बस्यालले स्थानीयपत्रसंग भन्नुभयो– सरोकारवाला समितिहरुका बजेटबारे छलफल एंव सुझाव संकलनको क्रममा छौ । ८ गते सम्म सुझाव लिने छौ । सुझावहरुलाई ग्रहण गरेर बजेटका समटने प्रयास गर्नेछौ ।
त्यस्तै बजेट बारे राजस्व परामर्श समितिको बैठकमा छलफल गरिएको करका करका दर नबढाउने बारे समितिमा छलफल भएको उपप्रमुख मायादेवी पौडेलले जानकारी दिनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याका अनुसार १० गतेभित्र नीति कार्यक्रम ल्याउने गरी तीब्र गतिमा तयारी भइरहेको छ । उहाँले भन्नुभयो – राजनैतिक दलहरुसंग सुझाव लिऔ, अब अन्तिम तयारीमा छौ ।

You might also like