पश्चिम नवलपरासीमा ४१ जनाको पिसिआर नेगेटिभ

0

नवलपरासी १९ वैशाख – पश्चिम नवलपरासीमा आर टी पिसिआर परिक्षणका लागि पठाईएको पहिलो चरणको नमुनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
छ । शुक्रबार प्राप्त रिपोर्ट अनुसार सुनवल र बर्दघाटका गरी ४१ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थय कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।
बुधबार सुनवलका ३७ जना र बर्दघाटको ४ जनाको नमुना स्वाब संकलन गरि परिक्षणका लागि टेकु राष्ट्रिय प्रयोगशालमा पठाईएको थियो । टेकुबाट प्राप्त रिपोर्टका आधारमा सबैको रिपोर्ट नेगेटिभ आएपछि अब क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाउन सकिने छ । अरु रिपोर्ट भने शनिबार आउने बताईएको छ ।

You might also like