ड्राईभिङ सेन्टरहरुले दिए बर्दघाटका पत्रकारलाई के एन ९५ मास्क र सेनिटाईजर

0

नवलपरासी १ असार – कोरोना कहरमा अग्रमोर्चामा रहेका बर्दघाटका पत्रकारहरुहरुलाई ड्राईभिङ सेन्टरहरुले मासक तथा सेनिटाइजर प्रदान गरेका छन् ।

सोमबार बर्दघाटमा संचालित तीनवटा ड्राईभिङ सेन्टरहरुले पत्रकारहरुका लागि के एन ९५ मास्क र सेनिटाईजर सहयोग गरेका हुन् ।
बर्दघाट नगरपालिकामा हाल ५ वटा संचार गृह रहेका छन् ।

बर्दघाट ड्राईभिङ सेन्टर, हाम्रो संसारकोट ड्राईभिङ र गोपिगञ्जमा रहेको भैरब ड्राईभिङ सेन्टरले संयुक्त रुपमा उक्त सामाग्री दिएका थिए ।
पत्रकारहरुलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण गर्दै बर्दघाट ड्राईभिङ सेन्टरका संचालक राजु अर्यालले कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा निरन्तर खटिरहेका पत्रकारहरुलाई केहि हद सम्म भए पनि सहयोग पुगोस भनेर नगरभित्र पहिलोपटक आफुहरुले सानो सहयोग गरेको बताउनुभएको थियो ।

त्यस्तै पत्रकारको तर्फबाट सहयोग सामग्री बुझ्दै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयले निजि क्षेत्रबाट नगर भित्रका पत्रकारलाई सहयोग गरी सम्बन्ध स्थापित गरेको भन्दै ड्राईभिङ सेन्टरहरुललाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । उहाँले कोरोना विरुद्धको लडाई सबै मिलेर लड्नुपर्नु बताउँदै यसमा सबैको सहकार्य हुनु जरुरी रहेको बताउनुयो ।
भएको थियो ।
कार्यक्रममा हाम्रो संसारकोट ड्राईभिङका संचालक प्रकाश घिमिरे, भैरभ ड्राईभिङका संचालक अञ्जान अधिकारीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पाँचवटै संचारगृह तथा यहाँबाट अन्य संचारमाध्यममा रिर्पाेटिङ गर्ने संचारमाध्यममा क्रियाशिल पत्रकारहरुको सहाभागिता रहेको थियो ।

You might also like