शम्भु सदाका हत्याराहरुलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन दलित मुक्ति मोर्चाको जोडदार माग

0

काठमाडौं । जेठ २७ गते धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ का शम्भु सदालाई प्रहरी कार्यालयभित्रै झुण्ड्याएर हत्या गरिएको भन्दै उक्त हत्याकाण्डमा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन, शम्भु सदाको हत्याकाण्डको विरोधमा भएको धनुषाबासीको विरोध प्रदर्शनमाथिको दमन बन्द गर्न र घाइतेहरुको निःशुल्क उपचार गर्न नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चाले जोडदार माग गरेको छ ।वक्तव्यमा भनिएको छ, “पश्चिम रुकुमको नरसंहारकारी घटनाले सम्पुर्ण दलित समुदायलाई चिन्तित र आन्दोलित बनाइरहेको बेला धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १२ मा दलित भएकै कारण त्यस प्रकारको हत्या स्वयम् प्रहरीबाटै हुनुले पनि दलित समुदाय कहिं कतै सुरक्षित छैनन् भन्ने कुरा देशैभरि एकपछि अर्को छुवाछुत र जातीय विभेदका कारण भएका हत्याहिंसाका घटनाहरुले देखाइरहेको छ । दलित समुदायमाथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोष उत्पीडन र हत्याहिंसा सम्पूर्ण दलित समुदायमाथिको प्रहार हो । त्यसका विरुद्ध सम्पूर्ण दलित समुदाय एक भई आन्दोलनलाई सशक्त बनाई अगाडि बढाउनुृको विकल्प छैन ।”
पछिल्ला दिनमा दलित समुदाय लक्षित हत्या हिंसाका घटनामा बढोत्तरी हुन थालेपछि मुक्तिकामी दलित समुदाय निरन्तर रुपमा आन्दोलित हुँदै आएका छन् ।mool bato

You might also like