कुष्ठरोग निको हुने भएकाले यो रोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्ने

0

नवलपुर -६६ औ विश्व कुष्ठरोग दिवसको अवसरमा कोपीला नेपाल पोखरा, कुष्ठरोग निवारण संघ पोखरा र अपांग पुर्नस्थापना केन्द्र कावासोतीको आयोजनामा सोमवार कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरेका छन् । अपांङ्गता र कुष्ठरोग प्रभावित ब्यक्तिहरुको अधिकार तथा समावेशीकरण सम्बन्धी सो कार्यक्रममा समयमै उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोग लागेका बिरामीलाई बिना भेदभाव समाजमा पुर्नस्थापना गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै कुष्ठरोग निवारण संघ पोखराका कार्यक्रम अधिकृत टेकमान प्रधानाङ्गगले कुष्ठरोग प्रति गलत धारणा र कुष्ठरोगी प्रती विभेद गर्ने परिपाटीका कारण यो रोग निवारणमा अप्ठयारो परेको बताउनुभयो । कुष्ठरोगको औषधी निशुल्क रुपमा नजिकको स्वास्थ्य चौकीमा पाईने भएपनी विरामीहरु नजिकको स्वास्थ्य चौकीमा नगएर कसैले नचिन्ने टाढाको स्वास्थ्य चौकीमा गएर औषधी खाने गरेको कुष्ठरोगको क्षेत्रमा काम गदै आएको संस्था कोपीला नेपाल पोखराकी कार्यक्रम निर्देशक बिना सिलवालले बताउनुभयो । कुष्ठरोग लागेका बिरामीले निरन्तर औषधी सेवन गरेमा यो रोग नसर्ने र समाजलाई यो रोग कसरी सर्छ र कसरी सदैन भन्ने कुरा बुझाउन सकेमा मात्र पनी समाजले गर्ने विभेद र लगाउने लान्छनामा कमी आउने समेत निर्देशक सिलवालले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन तिवारीले गत बर्षको तथ्याडक अनुसार नवलपुर पुर्ब र पश्चीममा गरी ७४ जना कुष्ठरोगका नया बिरामी देखीएकाले नवलपुरमा पनी कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको बताउनुभयो । यो रोग निवारणमा स्थानीय निकायका प्रतिनिधी, सामाजिक संघ संस्थाका प्रतिनीधीको भुमीका महत्वपुर्ण रहने समेत डा तिवारीले बताउनुभयो ।
कार्यक्रममा स्थानीय निकायका प्रतीनिधी, स्वास्थ्यकर्र्मी , सरोकारवाला निकायका प्रतीनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी स्थानीय निकायका प्रतिनीधीले कुष्ठरोगीको पहिचान र पुर्नस्थापनाका लागि सक्दो भुमीका निर्बाह गर्ने बताएका थिए । कार्यक्रममा कोपीला नेपाल पोखराकी निर्देशक बिना सिलवालले कार्यक्रम र संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा। त्रिभुवन भण्डारीले गर्नुभएको थियो । कार्यक्रम अपाडग पुर्नस्थापना केन्द्र कावासोतीका सदस्य बिष्णु प्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो ।

You might also like