कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको निधन

0

मंसिर ९,काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर )  नवीन बुढाथोकीको निधन भएको छ।उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र  प्रहरी  प्रवक्ता राजु रिजालले जनाकारी दिए।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए।  कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ।   उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

थाहा खबर

You might also like