बाउन्न घोला “सिमसार” क्षेत्रमा माछाका भुरा छाडियो (फोटो फिचर)

0

बर्दघाट ३० जेठ : बर्दघाट– १० स्थित बाउन्न घोला’सिमसार’मा माछाका भुरा छोडिएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी २० हजार माछाका भुरा उक्त तालमा छाडिएको नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बताउनुभयो ।

उहाँका अनुसार सो तालमा ग्रास कार्प कमन कार्प र सिल्भर कार्प करिब २० हजारको संख्यामा  छाडिएको हो । तालको जैविक विविधता कायम राख्नका लागि माछाका भुरा छाडिएको लम्सालले बताउनुभयो ।

कार्यक्रम बर्दघाट नगरपालिका ,बाउन्न घोला सिमसार क्षेत्र संरक्षण मञ्च र संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा भएको थियो ।

फोटो सौजन्य – भरत लम्साल

You might also like