उत्पतेश्वर मन्दिरको महायज्ञको आयब्यय सार्वजनिक (फोटो फिचर )

नवलपरासी – उत्पतेश्वर शिवालय मन्दिर शिव पुराण एंवम् धन धान्याञ्चल ज्ञान महायज्ञ मूल आयोजक समिति बर्दघाट ४ बाडिपिडितले शुक्रवार एक कार्यक्रम आयोजना गरी आयब्यय सार्वजनिक गरेको छ ।
आयब्यय सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीले महायज्ञबाट करिब ४० प्रतिशत रकम आयोजना अबधिमै संकलन हुनु राम्रो पक्ष रहेको बताउदै सभाहल बनाउदाँ रकम अपुग भए सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सरकारले तीब्रस्तरमा विकास निर्माणको काम गरेको दावी गर्दै बिरोधीहरुले आफ्ना पालामा काम गर्नका लागि केही बाँकी काम नरहने भयो भन्ने चिन्ताले सरकार बिरुद्ध बिरोध भइरहेको जिकिर गर्नुभयो ।

सो कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमाल, स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेय बर्दघाट बजार समितिकी उपाध्यक्ष सुर्या हितांग टोल विकास सस्थाका मोहन सापकोटा आमा समुहको तर्फबाट राधिका सापकोटालगायतले बोल्दै बोलकबोल वापतको रकम संकलन गर्न सुझाव दिनुभयो ।

केरसिंह गौतमको अध्यक्षता हरिरञ्जन पौडेलको संचालन यमबहादुर गौतमको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष दिपक क्षेत्रीले महायज्ञबाट संकलित ६९ लाख ८२ हजार ८ सय ८ रुपैयाको आयब्यय प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै


यसैबीच महायज्ञ समितिले निर्माण गर्न लागेको सभाहल र १०८ शिवलिंग सहितको मन्दिर समेत शुक्रवार प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारीले शिलान्यास गर्नुभएको थियो ।