कविता : बिचित्र
बासुदेव सापकोटा
बिचित्र ; यि महामुर्ख मात्रै हुन त?
के यिनका आसेपासे पनि महामुर्खै हुन त?
सवाल यो मात्रै हो र?
सवाल त हामी महामुर्ख वनिरहेछौं भन्ने होइन र?
यि त गलल्लल हास्दै,
जनतालाइ महामुर्ख वनाउन सकेकोमा रमाइ रहेछन,
अनि अर्काथरी उट्पट्याङ अर्थ र विधीलाइ
संजीवनी हो भन्दै टेवल ठोकिरहेछन्!!
यि त निर्लज्ज कपटी हुन्,
अनि सामान्य दया, चेत र ज्ञान हराएका,
निर्मम् महाअपराधी हुन्,
हावामा तिर छोडेर,
‘प्रलय आकास भेदनको’ सवुत दिन खोज्ने
यि त महाधुर्त होइनन् र? बर्दघाट ४ हाल साउदी