दमन भए संर्घषमा उत्रिने क्रान्तिकारी माओवादी नेताहरुको उद्घोष

0

रवि पाण्डेय राजु भुजेल – हरैया( रुपन्देही )१८ फागुन – नेकपा ( क्रान्तिकारी माओवादी ) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची महाकाली अभियानको टोलीले रुपन्देहीको कञ्चन गाउपालिका ३ हरैयामा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले कपिलबस्तुको महलीसागर बाँध अनुगमनमा गएका अभियानकर्मी माथि दमनको तयारी गरिएको भन्दै दमन भए संर्घषको उदघोष गर्ने चेतावनी दिएका छन् । सो अभियानमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देजमो नेपालका केन्द्रीय सचिव परि थापाले अभियानको औचित्य माथि प्रकाश पार्दै सत्ताले दमन गरे जनताले प्रतिकार गर्ने बताउनुभयो । सो अभियानका कमाण्डर समेत रहनुभएका पूर्व सांसद थापाले गतवर्ष सरकारलाई ९४ बुदाँको ज्ञापन पत्र स्मरण गर्दै शासकको अवस्था फेरिए पनि राष्टघात जनघात भष्टाचार नातावाद कृपावादको अवस्थाबाट मुक्त हुन नसकेको बताउनुभयो । ने.का र सत्तारुढ एउटै ड्यांगका मुला हुन उहाँले सो अवसरमा भन्नुभयो हामी अभियान समापनको क्रममा आम हडताल सहितको संर्घषको तयारी गर्दैछौ ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले सत्ताधारी दल र सरकारी कार्यालयमा नक्कली नक्साको प्रयोग गर्नु दुखद रहेको बताउनुभयो । भारतले बनाएको नक्सा प्रयोग गरेर सरकारले १० हजार १९ बर्गकिलोमिटर भुमि नेपालले गुमाउनु परेको जानकारी दिनुभयो । त्यस्तै क्रान्तिकारी माओवादीका अर्का केन्द्रीय सदस्य हिरामणी दुखीले कम्युनिष्टहरु हिंस्रक हुने प्रचार गरिए पनि त्यो भम्रपुर्ण रहेको बताउदै कम्युनिष्टहरु शान्तिप्रिय हुने बताउनुभयो । राज्यले दमन गरे विद्रोह गर्ने जनताको अधिकार हो सास्कृतिककर्मी समेत रहनुभएका दुखीले भन्नुभयो बन्दुकले दमन गर्दा बन्दुककै प्रयोग हुन्छ । सो कार्यक्रममा हरैयावासी मजदुर किसान ब्यापारलगायतको उपस्थिति रहेको थियो ।

You might also like