हाम्रो साकोसको साधारणसभा उद्घाटन

बुद्धि भुजेल

0

बर्दघाट २३ कार्तिक – हाम्रो वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट २ चिसापानीको १२ औं बार्षिक साधारणसभा उद्घाटन भएको छ । सभाको संस्थाका संस्थापक अध्यक्ष हिमलाल ज्ञवालीले उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु बरालले बार्षिक प्रतिबेदन एंव आगामी नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । कार्यक्रममा उपाध्यक्ष धनञ्जय पौडेलले स्वागत मन्तब्य राख्दै सस्थालाई बाल अवस्थाबाट बयस्क अवस्था सम्म ल्याउने पूर्व संचालक एंव अग्रज प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष गोविन्द प्रसाद पाण्डे लेखा समितिको तर्फबाट संयोजक बिन्दुराज अधिकारी ऋण समितिकोतर्फबाट संयोजक हरिबहादुर बुचा प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव शिव प्रसाद पौेडेलले जानकारी दिनुभयो ।

You might also like