भवन निर्माण सम्पन्न गर्न आर्थिक संकलनमा जुटदै रेडक्रस

0

रवि पाण्डेय नवलपरासी – नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाले आर्थिक अभियान शुरु गरेको छ । त्रिवेणी बसपार्कमा रहेको भवन निर्माण सम्पन्न गर्न आर्थिक अभाव हुदै आएको थियो । रेडक्रसले सोही भवन निर्माणका लागि आर्थिक संकलन शुरु गरेको हो । रकम अभाव हुदाँ रेडक्रस भवन पुरा गर्न नसकिएको जनाइएको छ ।


उपशाखाले सहयोगी हातको खोजी गर्दै आजीवन सदस्यता वितरण र आर्थिक संकलनलाई तीब्र बनाउदै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले रेडक्रसले शुरु गरेको आर्थिक बोलकबोलबाट ६ लाख बढी संकलन भएको बताउनुभयो ।

सहयोगी हातहरु बृद्धि हुदै गएको छ यस अभियानलाई तीब्र बनाउदै आर्थिक संकलन गरी भवन निर्माण पुरा गर्ने लक्ष्य लिएका छौ – अधिकारीले भन्नुभयो –यसमा सबैको सक्दो सहयोगको अपेक्षा लिएका छौ ।


रेडक्रस राष्ट्रिय अन्तराष्ट्रिय रुपमा मानवीय सेवा गर्ने सामाजिक संस्था हो । यसले प्रकोप उद्धार र राहत लगायतको क्षेत्रमा काम गर्ने गर्दछ ।

You might also like