कैलाली र कञ्चनपुरमा डुबान

0

साउन २६, २०७७

कैलाली : कैलाली र कञ्चनपुरमा अधिकांश भू–भाग डुबानमा परेका छन्। आइतबारदेखि परेको लगातारको वर्षाका कारणले तराईका धेरैजसो ठाउँ डुवानमा परेका छन्।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ। धनगढी बजारमा निकासको उचित व्यवस्था नहुँदा डुबान हुने गरेको छ। धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, शिवनगर, चौराह, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांस क्षेत्र जलमग्न भएका हुन्।

त्यस्तै, कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझीलगायतका क्षेत्र भएर बग्ने नदीहरु कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगा लगायतका नदिहरुमा जलस्तर निरन्तर बढिरहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सबैलाई सुरक्षित रहन आग्रह गरेको छ। गत साउन १४ मा गएको बाढीले भजनी नगरपालिकाका तीन जनाले ज्यान गुमाएका थिए। उता पहाडी जिल्ला बाजुरामा एक जना महिला आमा बेपत्ता भएकी छन्। अविरल वर्षापछि आएको बाढीले बडीमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो। सोमबार बिहान नदीले घर बगाउँदा ६५ वर्षीया अइसेनी बेपत्ता भएकी प्रहरीले जनाएको छ।

Thaha khaber

You might also like