प्रहरीद्वारा मदिरा र सुर्ती बरामद
सहबान अन्सारी
१९ बैशाख : लकडाउनको समयमा मदिरा तस्करी बढेपछि प्रहरीले सक्रियता देखाएको छ ।
यसै गरी गए राती प्रतापपुर गाँउपालिका वडा नं ७ जगरनाथपुरबाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १२ कार्टुन स्टार नामक मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको प्रहरीले जनाएको छ ।
यसैगरी गत हप्ता लकडाउनको अवज्ञा गर्दै नेपाल भित्रै एक स्थानबाट अर्को स्थानमा अज्ञात ब्यक्तीहरुले लैजादै गरेको २ सय घरेलु मदिरा साथै नेपालबाट भारत जडतर्फ लुकाई छिपाई लैजादै गरेको ५ कार्टुन फाएर नामक मदिरा तथा भारतबाट अबैधरुपमा ल्याउदै गरेको २० किलोग्राम सुर्ती नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।