नवलपुरको हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा १७ संक्रमित
२५ जेठ । आज एका विहानै नवलपुर जिल्लामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कोरोना संक्रमण पुष्टी हुनेमा हुप्सेकोटका रहेका छन् । गत जेठ २० गते हुप्सेकोटबाट पठाइएको ४५ स्वावको नमुना मध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
बाँकी ४१ जनामा भने नेगेटिभ आएकाे छ ।
अहिले एक जना विरामीलाई भरतपुर अस्पतालमा र ३ जनालाई रजहर स्थित प्राकृति चिकिस्तालयमा राखिएको छ ।
हुप्सेकाेट २ का २०, ३५, ३५ र ४५ बर्षका ४ जना पुरूषमा काेराेना संक्रमित देखिएकाे हाे । daunnenews