नवलपरासीमा सीमा सुरक्षाको लागी बिओपीको स्थापना

0
सहबान अन्सारी
नवलपरासीमा भारतसँग सीमा जोडिएको सुस्ता गाउँपालिका वडा नं. ५ बलिनगरमा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । शनिवार सशस्त्र प्रहरीका नायब महानिरीक्षक किशोर प्रधानले बीओपीको उद्घाटन गरेका हुन। उद्घाटनको क्रममा बोल्दै प्रधानले संगठन प्रमुखको नीति निर्देशनलाई सदैव पालना गर्नुको साथै सुरक्षाकर्मीहरुलाई देशको सीमा सहित आम नेपाली नागरिकहरुलाई रक्षा गर्न निर्देशन दिए ।
सीमा अपराध तस्करी जस्ता क्रियाकलापहरु न्यूनिकरण गर्नुको साथै नागरिकलाई शान्ति सुरक्षा प्रदान गरिने विश्वास गरिएको छ । स्थापित बिओपीको मातहतमा पुर्व नारायणी नदि देखी पश्चिम तर्फ करिब ४.७ किलोमिटरको सीमामा निगरानी गर्नुको साथै सुरक्षा प्रदान गरिने सशस्त्र प्रहरी बल २६ नं. गणका गणपति महेश अधिकारीले जानकारी दिए । जिल्लामा भारतसँग जोडिएको सिमा पाल्हिनन्दन गाउँपालिकाको गेरमी, सरावल गाउँपालिकाको भुजहवा र सुस्ता गाउँपालिकाको बलिनगर गरि थप ३ वटा बिओपी स्थापना गर्न निर्णय भएको हुदाँ यसअघि भुजहवामा बिओपी स्थापना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पठक,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अजय केसी,सुस्ता गाऊँपालिका प्रमुख राम प्रसाद पाण्डे लगायतहरुको उपस्थिति रहेको थियो ।
You might also like