चीनको सिचुवान र प्रदेश ५ बीच भगिनी सम्बन्धको समझदारी , नेपाल – चीन सम्बन्ध नयाँ उचाईमा पुगेको मुख्यमन्त्री पोखरेलको विश्वास

0

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँउचाईमा पुगेको बताउनुभएको छ । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।
पोखरेलले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसीहित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने बताउनुभयो । दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौं उहाँले भन्नुभयो हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।
उहाँले छिमेकको विकासलाई साथ साथै अघि बढाउन चीनले अघि सारेको विआरआई प्रतिनेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागिविआरआई महत्वपूर्ण रहेको बताउनुभयो ।
सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उहाँले बताउनुभयो । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायमगर्ने समझदारीमा हस्ताक्षर भएको थियो ।

You might also like