रूकुम घटना विरूद्ध सुनवल ५ बनकट्टीमा बिरोध कार्यक्रम

0

सुनवल २१ जेठ –
रुकुम पश्चिममा दलित युवकसहित छ जनाको हत्या भएको बिरोधमा पश्चिम नवलपरासीको बनकट्टीमा दलित अगुवाहरुले प्रदर्शन गरेका छन ।

मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बनकट्टीचोकमा दलित अगुवाका, दलित राजनितीक दलका नेता कार्यकर्ताहरु लगायतले प्लेकार्ड सहित प्रर्दशन गरेका हुन। प्रदर्शनको क्रममा जातिय आधारमा हत्या कहिले सम्म ? हामी कहिले सम्म मौन बस्ने ? जवाफदेही को ? अझै कति अजित मिजार, नवीन विक र अङगिराहरु मारिनुपर्ने ? के तपाई र म मा फरक छ र ? संविधानले दिएको अधिकार कहिलेसम्म उल्लघन गर्ने,हत्यारालाई कार्यवाही गर, दलितमाथि भएको घटनाको सत्य तथ्य छानबिन गर, हामी दलित समुदाय कहिले सम्म कोराईनटनमा बस्ने,मानव अधिकारकबध सुनिश्चितता गर, संबिधानमा दिएको अधिकार कहिलेसम्म उल्लेघन गर्ने लगायतको नारा लेखिएका प्लेकार्ड सहित नेपाल दलित एकता समाज सुनवल ५ ले प्रर्दशन गरेका थिए । बिरोध प्रर्दशनपछि आयोजित कोणसभा बोल्दै दलित नेताहरुले सबिधानमा दलितहरुको अधिकार सुनिश्चित गरेपनि जातिय बिभेद अन्त्य नभएको दुख व्यक्त गदै घटना जातिय बिभेदको आधारमा भएको भन्दै राज्यले निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेका थिए । संबिधान सभा सदस्य विनोद पहाडीले दलित माथि भएको जातिय बिभेदजन्य अपराध भएको भन्दै सरकारले उक्त घटना सत्य तथ्य छानबिन गरी दोषीलाई कठघरमा उभ्याई कार्यवाही गर्न र यो अभियान कुनै पनि जातिय विरूद्ध हैन यो मानव अधिकारको सुनिश्चिताको लागि गरिएको बताउनु भयो। नेपाल परियार समाज तथा कपडा व्यवसाय संघ रूपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै यदी त्यसो गरिए लकडाउन उल्लेंघन गरेरै दलितहरु सडकमा आउने चेतावनी दिनुभयो ।
एको छ । कोणसभामा बोल्दै नेपाल दलित एकता उत्थान समाजका नेता वीर विश्वकर्माले दलित माथि जातिय अधारमा हुने जातिय अपराध भएको र यसलाई रोक्ने राज्य पक्षले कठोर पहलकदमी चाल्नपर्नुे जोड दिदै उक्त घटनामा दोषी देखिएका व्यक्तीहरुलाई कर्वाही भएनन भने लकडाउन उल्लेंघन गरेरै दलितहरु सडकमा आउने चेतावनी दिनुभएको ।

घटनामा निष्पक्ष छानबिन गरी दोषी देखीएका व्यक्तीहरुलाई हदसम्मको कानुनी कर्वाही गर्ने र समाजमा जति वेला सम्म मानव अधिकारको प्रतिभुती गर्दैन तब सम्म मानव अधिकार शान्ति समाज चुप नबस्ने र यस्तो विरोध कार्यक्रम गर्दै जाने कुरा मानव अधिकार शान्ति समाज का केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल बताउनु भयो । उक्त घटनामा संग्लन कुनै पनि नछुटुन र सबैलाई कानुन कठघरामा उभ्यार्ई जातिय छुवाछुत अन्त्य गर्न समेत प्रमुख जिल्ला अधिकारी मार्फतमा गृह मन्त्री राम बहादुर थापालाई ज्ञपानपत्र बुझाएको जानकारी प्राप्त भएको छ । त्यस्तै, रूकुमको चौरजहारीमा भएको नरसंहार घटनाका विरुद्ध मंगलबार पश्चिम नवलपरासीको सुनवल पनि विरोध प्रदर्शन गरिएको छ । मान्छेको ज्यानै जाने गरी भएको घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको हो । घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब स्वरुप प्लेकार्डसहित प्रदर्शन गरिएको समाज सेवी तथा युवा बक्ता कश्यप विश्वकर्माले जानकारी दिनुभयो ।
दलित र गैरदलित बीचको प्रेम सम्बन्धको विषयलाई लिएर हत्याजस्ता जघन्य अपराधमा संलग्न भएका व्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्न उहाँले माग गर्नुभएको छ । एक्काइसौँ शताब्दीमा समेत मानिस–मानिसबीच छुवाछूत र भेदभावपूर्ण व्यवहार कुनै पनि दलित समुदायका लागि स्वीकार्य नहुने भन्दै सरकारले घटनाको निष्पक्ष छानबिन गरी कुनै पनि बहानामा अपराधीलाई छोड्न नहुने युवा अभियान्ता समीर परियारको भनाई छ। नेपालको सान बोकेको नेपाली झण्डा,वीर गोर्खालीले बोक्ने खुकुरी जुन हामिले सान साथ बोक्छै त्यो पनि दलितले नै बनाएको हो तर यो बेला जात आउन जात त मात्र विवाह,खानपान र अन्य कुरामा आउने अनि विभेद गर्ने भने जस्ता कुरा उहाले राख्नु भएको थियो।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित केटी भगाउन भनी रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका १९ जनाको समूहमाथि गरिएको घटनालाई तल्लो तहाबाट संसद भवनसम्म सबैले आवाज उठाउनु जरूरी रहेको सुनवल ५ का वडाध्यक्ष थमन सिंह नेपालीले बताउनुभयो ।
नेपालको ख्याति प्राप्त शिखर जुताको मालिक, लक्ष्मी स्टिलको मालिक, कपडा कम्पनीको मालिक कित सार्की,कामी,दमाई हुनु पर्यो कित गाउँ घरमा जुता शिलाउने सार्की, फलामको काम गर्ने कामी,कपडा सिलाउने दमाईलाई सम्मान र भेदभाव गर्नु हुदैन या त्यो कम्पनीले बनाएको लगाउनु र प्रयोग गर्नु हुदैन राजनिति कर्मी तथा अध्ययन अनुसन्धान संम्लन बन्धु विक्रम क्षेत्रीको भनाइ छ। यो कार्यक्रममा गैर दलितको उपस्थिति न्यून हुदा यो मानवता नै हराएको महसुस भएको नेपाल दलित एकता समाज सुनवल५का अध्यक्ष पुर्ण बहादुर विश्वकर्माले बताउनु भयो। विरोध सभाको अध्यक्षता नेपाल दलित एकता समाज सुनवल ५ अध्यक्ष पुर्ण बहादुर विश्वकर्माले गर्नु भएको थियो।

You might also like