नेपाली भूमि माथिको भारतीय हस्तक्षेपको बिरोध गर्ने १३ युवा बिद्यार्थीहरु पक्राउ

हस्तक्षेपको बिरुद्ध उठन आब्हान

0

काठमाडौँ २७ बैशाख – नेपाली भूमि माथि भारतीयले गरेको हस्तक्षेपका बिरुद्द राजधानीको माइतिघरमा विद्यार्थीले प्रदर्शन गरेका छन ।

लिपुलेक–कालापानी क्षेत्रमा भारतले चाइनासँग जोड्ने सडक निर्माण गरेपछि विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन निकट विद्यार्थीहरुले शनिवार प्रदर्शन गरेका हुन् । बिरोध गरेको भन्दै प्रहरीले १३ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
त्यस्तै सो पार्टीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चा र बिभिन्न जनबर्गीय संगठनले हस्तक्षेपको बिरुद्ध उठन आब्हान गरेका छन् ।

क्रान्तिकारी माओवादीनिकट १२ जनवर्गीय संगठन तथा मोर्चाले हस्तक्षेपको बिरोधमा बिज्ञप्ति प्रकाशन गरेका थिए ।

You might also like