अनेरास्ववियू पश्चिम नवलपरासीद्वारा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

0

नवलपरासी २० जेठ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी पश्चिम नवलपरासीद्वारा स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाइएको छ । सत्तारुढ नेकपा निकट बिद्यार्थी संगठन अखिलले ध्यानाकर्षण पत्र बुझाएको हो ।बिश्वब्यापी महामारीको रुपमा रहिरहेको कोरोना भाइरसको विषम परिस्थितिमा कोरोना भाइरस न्युनिकरण नहुदा सम्म संस्थागत तथा सामुदायिक बिद्यालय सुचारु गर्न नहुने भन्दै अनेरास्ववियू नवलपरासीको संयोजक शुसान्त शर्मा घिमिरेको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको सहसंयोजक बिशाल गिरीले स्थानीय पत्रलाई जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीको ७ वटै स्थानिय तह ,शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीमा ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियू नवलपरासीका सहसंयोजक गिरीले बताउनुभयो ।

अनेरास्ववियू नवलपरासीका कार्यालय सदस्य सन्जय मौर्यका अनुसार कोरोना भाइरस पुर्ण रुपमा नियन्त्रणमा नभए सम्म बिद्यालय खोल्दाँ गैरजिम्मेवारपन र स साना बिद्यार्थी तथा अभिभावकहरुलाई अझ त्रसित बनाउने र बिद्यालयमा बिद्यार्थीहरुलाई शुल्क असुल्ने नियतले यस्तो गर्न खोजिएको प्रती घोर निन्दा गर्दै अनेरास्ववियू नवलपरासीको संयोजक शुसान्त शर्मा घिमिरे र सहसंयोजक बिशाल गिरीको संयुक्त रुपमा हस्ताक्षरसहित ७ बुन्दे सुझाव सहित स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

यस्तै बिच ध्यानाकर्षण पत्र नवलपरासीको सातवटै स्थानीय तहमा बुझाइसकेपछि बर्दघाटमा पत्रकार सम्मेलन गरि उक्त जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनका अनेरास्ववियू नवलपरासीको संयोजक शुसान्त शर्मा घिमिरेको अध्यक्षतामा तथा अनेरास्ववियू केन्द्रीय सदस्य अमित खड्काको प्रमुख आतिथ्यतामा रहेको थियो ।

पत्रकार सम्मेलनका सम्बोधन गर्दै संयोजक शर्माले अनेरास्ववियू सधै जनहितका लागि अग्रसर रहि परिवर्तनको मुल प्रवाह ,शैक्षिक आन्दोलनको नेता राष्ट्रियता तथा देशभक्ति पुर्ण आन्दोलनको पहरेदार सबै खालको बिकृति बिसंगति र गलत प्रबृतिको बिरोध गर्दै समग्र बिद्यार्थीको हकहित र अधिकार प्राप्तिका लागि सदैव अग्रसर रहि बिद्यार्थीका माझ उपस्थित हुने प्रतिबद्वता सहित आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियू नवलपरासीका कार्यालय सदस्यहरु सहित जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको गिरीले बताउनुभयो ।

You might also like