अखिल (क्रान्तिकारी)को ‘मिसन एभ्रिडे’ गंगा माविमा झ्यालको पल्ला राख्न ध्यानाकर्षण

0

नवलपरासी – अखिल (क्रान्तिकारी) नवलपरासीले मिसन एभ्रिडे अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले ल्याएको मिसन–८४ होइन् जनतालाई हरेक दिन कठिनाई रहेको भन्दै त्यसको बिकल्पमा देशैभर मिसन एभ्रिडे शुरु गरेको हो ।
दलाल ब्यवस्थाका पक्षधरहरुले जनतालाई झुक्याउन मिसन–८४ को चुनावी नारा दिएको भन्दै क्रान्तिकारीले मिसन एभ्रिडे संचालन गरिरेहको बताएको छ । यस अभियान अन्तरगत बिद्यालयमा बिभिन्न रचनात्मक कार्यक्रम, भेटघाट, सरसफाई, गोष्ठीका कार्यक्रमहरु एंव शैक्षिक समस्याहरुको निरीक्षणहरु तथा समाधानका उपायबारे सरोकारवालाहरुलाई दबाब दिने , बिद्यालयमा हुने शैक्षिक बिकृति बिरुद्ध संर्घष उठान गर्ने, भष्ट्राचार बिरोधी जनमत तयार गर्नेलगायतका कामहरु संचालन भइरहेको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो ।
अभियान अन्तरगत बुधवार क्रान्तिकारीले बर्दघाट–१४ गंगाबस्ती स्थित गंगा माविको निरीक्षण गरेको सापकोटाले बताउनुभयो । चिसो मौसमका बिना झ्यालको कोठामा अध्ययन गरिरहेका बिद्यार्थीलाई भेटघाट तथा सरोकारवालाहरु संग आवश्यक छलफल समेत गरेको सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर भुसाल, प्रधानाध्यापक भुपेन्द्र रिजालसंग जानकारी लिने काम भएको उहाँको भनाई छ । अभियानकै क्रममा क्रान्तिकारीले गंगा माविको समस्याको बिषयमा बर्दघाट नगरपालिका – १४ का वडाध्यक्ष तथा नगर प्रबक्ता सन्त बहादुर गाहाको ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

You might also like