नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

0

काठमाडौं – शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like