कोभिड रोकथाम तथा सरसफाई जनचेतना अभिबृद्धि कार्यक्रम
सरसफाई सामाग्री र सहभागीहरुलाई हातधुने साबुन प्रदान
नवलपरासी २४ साउन – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा बर्दघाट ४ थारुटोलमा कोभिड रोकथाम तथा सरसफाई जनचेतना अभिबृद्धि कार्यक्रम भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि धातानन्द बस्यालले खानेपानी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र खानेपानी तथा सरसफाई गरी दुबै क्षेत्रमा काम गर्दै आएको बताउदै कोरोना संक्रमणको अबधिमा समेत खानेपानीले कोरोना बाट बच्नका लागि उपभोक्तालाई सचेत गराउनु संस्थाको जिम्मेवारी रहेको हुदाँ उक्त दायित्व पूरा गर्न कार्यक्रम गरिएको बताउनुभएको थियो ।
अध्यक्ष बस्यालले संस्थामा नयाँ नेतृत्व आएसंगै केही नयाँ काम गर्न थालेको बताउदै संस्थाले अतिबिपन्न परिवारलाई सहुलियतमा धारा जडान गर्ने , २ सय मिटर टाढा सम्म पानी जडान गर्नुपरेमा समेत निशुल्क पाइप दिने कार्यलाई तीब्र बनाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एंव टोलीका संयोजक दिपक लम्सालले बिषम परिस्थितिमा समेत कार्यक्रमलाई सफल बनाउनका लागि उपस्थित सबैलाई धन्यवाद दिदै खानेपानी तथा सरसफाईको क्षेत्रमा संस्थाले सबै सरोकारावालाहरुसंग सहकार्य गर्न चाहेको बताउदै सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एंव उपभोक्ताबाट बद्रीनाथ खनाल, वडासदस्य नारायण प्रसाद चौधरी, आमा समुहबाट सरिता खनाल , कमला शर्मा बस्याल , पूर्व लेखा संयोजक थम अधिकारी थारु टोल विकास संस्थाका अध्यक्ष कृष्ण पन्थलगायतले मन्तब्य राखेको संस्थाका ब्यवस्थापक बिष्णुकुमार भुसालले जानकारी दिनुभयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालन बलमाया थापाको स्वागतमा भएको कार्यक्रममा टोलीका सदस्य कृष्णहरि पौडेल र बाबुराम घिमिरेले सहजीकरण गरेका गर्नुभएको थियो । कार्यक्रममा थारु टोल विकास संस्थालाई सरसफाई सामाग्री र सहभागीहरुलाई हातधुने साबुन प्रदान गरिएको थियो ।