सामुदायिक बिद्यालयका शिक्षकहरुले प्रकोप ब्यवस्थापन कोषमा दिए ६ लाख ८३ हजार रुपैया

0

नवलपरासी ९ जेठ – बर्दघाट नगरक्षेत्रमा रहेका १२ वटा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीहरुले नगर विपद ब्यवस्थापन कोषमा ६ लाख ८३ हजार १ सय ३३ रुपैया हस्तान्तरण गरेका छन् । सो रकम बराबरको चेक दिब्यज्योति माविका प्राधानाध्यापक हुमनाथ आचार्यले प्रधानाध्यापकहरुको उपस्थितिमा शुक्रवार नगर प्रमुख धीरज शर्मा बस्याललाई हस्तान्तरण गर्नुभएको हो । श्रेणी अनुसार ७, ५ र ३ दिनको तलब विपद कोषमा जम्मा गर्ने निर्णय बमोजिम सो रकम प्रदान गरिएको हो ।


यस अघि बिपद कोषमा तलब कटटा गर्ने नगर्ने बारे शिक्षकहरुबीच एकरुपता नहुदाँ सो रकम हस्तान्तरण हुन सकेको थिएन । अब १२ वटा बिद्यालयले शिक्षकको तलब कट्टा गरी रकम दिएपछि कोषमा रकम दिने क्रम बृद्धि हुदै गएको छ ।
कोषमा दिब्यज्योति माविले १ लाख ४२ हजार ६ सय ९८ रुपैया प्रदान गरेको छ । त्यस्तै दाउन्नेदेवी माविका शिक्षकहरुबाट ९६ हजार ९७७ रुपैया,सरस्वती माविबाट ८२ हजार ३८७ रुपैया, गंगा माविबाट ८१ हजार ८३३ ,शान्ति निकुन्ज रेवती गौमाता गौतम माविबाट ६१ हजार ३५८,निरकु माविबाट ७७ हजार २३४ रुपैया ,राष्ट्रिय माविबाट ४२ हजार ६७१ ,जयन्ती आधारभुतबाट २२ हजार ७७० रुपैया, ज्ञानोदय प्राविबाट ९ हजार ३७६ रुपैया, नवदिब्यज्योति प्राविबाट १३ हजार ४ सय ५० रुपैया आनन्द आधारभुतबाट १२ हजार ८ सय १५ र नव जिवन माविबाट ३९ हजार ५ सय ६४ रकम कोषमा प्रदान भएको छ ।
त्यस्तै बिद्यालयहरुले संस्थागत रुपमा समेत कोषमा रकम दिदै आएका थिए ।
रकम हस्तान्तरणका क्रममा शिक्षकहरुले आफूहरुको तलब कटटा गरी दिएको रकमको सही सदुपयोग हुने र त्यसबाट विपद ब्यवस्थापनमा सहयोग पुग्ने आशा ब्यक्त गरेका थिए । उनीहरुले पारदर्शी ढंगबाट रकम खर्च गरिनुपर्नेमा चासो ब्यक्त गरेका थिए । सो अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले जनताबाट उठेको रकमलाई अझ पारदर्शी बनाउनुपर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउदै विपद कोषको रकम विपद ब्यवस्थापन समितिको बैठकका आयब्यय प्रस्तुत गरिदै आएको बताउनुभयो । उहाँले विपद ब्यवस्थापन समिति सर्वपक्षीय रहेकोतर्फ प्रधानाध्यापकहरुलाई जानकारी दिदै उक्त कोष संचालनको कार्यविधि समेत नगरले ब्यवस्था गरेको जानकारी दिनुभयो ।

You might also like