सिमा रक्षाको माग गर्दै ज्ञापन पत्र

0

कावासोती – देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला समिति नवलपुरले बुधवार कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाएको जनाएको छ ।
मोर्चाका केन्द्रिय सदस्य एंव जिल्ला अध्यक्ष पिताम्बर तिवारी, नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, महिला संघका केन्द्रिय अध्यक्ष गीता पाण्डे लगायतको नेतृत्वमा गएको टोलीले सिमा रक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको थियोे ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भारतीय पक्षले सिमा अतिक्रमण गरेको भूमि भारतसँग कुटनितिक पहल गरी फिर्ता गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा कुटनीतिक रुपमा पहल गरी अतिक्रमित भूमि फिर्ता लिन सरकारले ध्यान नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
एकबर्ष अघि मोर्चाले लिम्पियाधुरा भारतीय पक्षले मिचेको भन्दै त्यसको बिरोधमा मेची महाकाली यात्रा गरेको थियो ।

You might also like