रामग्राम नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ७८ लाख ९२ हजार संकलन

0

कृष्ण ढकाल
बर्दघाट – नवलपरासीको रामग्राम नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ७८ लाख ९२ हजार ३ सय ८ रुपैया जम्मा भएको छ ।

प्रकोप ब्यवस्थापन कोषमा कोरोना नियन्त्रण विषेश कोषको लागि नगरपालिकावाट ६० लाख,कोरोना नियन्त्रण विषेश कोषका लागि प्रदेश सरकारवाट १५ लाख र रामग्राम नगरपालिका कर्मचारीहरुवाट सहयोग प्राप्त २ लाख ७ हजार ९ सय ६८ रुपैया रामग्राम नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा जम्मा भएको छ । त्यसैगरी सुनचाँदी ब्यवसायी संघ नवलपरासीवाट ५१ हजार,सन्दीप स्वर्णकारवाट १ लाख,जनता मा.बि. डैनहवावाट ३७ हजार ३ सय ४० रुपैया,ईन्द्रणी सामाजिक विकास मञ्चवाट १५ हजार,ईट्टा ब्यवसायि संघ नवलपरासीवाट ५१ हजार,भगवती सामुदायिक वनवाट १ लाख र पछौटेपन उन्मुख समाज वेस नेपालवाट १ लाख गरी ७८ लाख ९२ हजार ३ सय ८ रुपैया टोटल जम्मा भएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

त्यसैगरी नगरको अल्या वजेट १५ लाख ६ हजार ६ सय ४० रुपैया र नगरपालिकावाट आ.व. २०७६÷०७७ को निकासा १५ लाख गरी टोटल जम्मा १ करोड ९ लाख ७ हजार ९ सय ४९ रुपैया रहेको नगरपालिकाका लेखा अधिकृत कुन्दन कुमार चौधरीले जानकारी दिनु भएको छ ।
त्यसैगरी रामग्राम नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषवाट अहिले सम्म कोरोना भाईसरको रोकथामका लागि मात्र ४९ लाख ९९ हजार २ सय ६२ रुपैया खर्च भैसकेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको छ ।
लेखा अधिकृत कुन्दन कुमार चौधरीले दिनु भएको जानकारी अनुसार अहिले सम्म कोरोना भाईसरको रोकथामका लागि क्वारेन्टाईन निमार्णमा ३० हजार ५ सय १२ रुपैया,क्वारेन्टाईन ब्यवस्थापनमा ८ लाख ३ हजार ४ सय ३० रुपैया,क्वारेन्टाईन संचालनमा २ लाख ७२ हजार ३ सय ७० रुपैया र राहत सामाग्रीमा ४३ लाख ४१ हजार ५ सय ४० रुपैया खर्च भएको छ ।
त्यसैगरी नगरको प्रकोप ब्यवस्थापन कोषवाट यस अघि शितलहरका वेला १ लाख खर्च भएको र आग्लागी राहतमा नगद अनुदान १५ हजार खर्च भैसकेको लेखा अधिकृत कुन्दन कुमार चौधरीले जानकारी दिनु भयो ।

You might also like