सशस्त्र प्रहरी र स्थानीय बिच झडप

0

रबिन्द्र यादव
प्रतापपुर २५ जेठ – पश्चिम नवलपरासीको प्रतापपुर– ५ सँग जोडिएको भारतीय सिमाक्षेत्र बसहियामा स्थानीय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते भएका छन् । स्थानिय एक महिलाले भारततर्फबाट खेतमा हाल्ने मल लिएर आउँदै गर्दा प्रहरीसँग भनाभन हुदाँ उत्पन्न विवादले उग्र रुप लिएपछि सयबढी स्थानियहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए । प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते शसस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ । अन्यको निधारमा चोट लागेको छ । स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको जनाइएको छ ।

You might also like