प्रकोप कोषमा जुट्यो १६ लाख ६५ हजार, १ हजार ५ सय २७ जनालेराहत पाए

0
नवलपरासी २१ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा १६ लाख ६५ हजार ३ सय ६७ रुपैयाको बरबरको नगद तथा जिन्सी संकलन भएको छ । त्यसबाट नगरमा पहिलो चरणमा १ हजार ५ सय २७ अतिविपन्न परिवारले राहतस्वरुप खाद्यान्न पाएका छन् । १६ वटै वडामा अतिबिपन्न छनौट गर्दा समेत १ हजार ५ सय २७ घरपरिवार पुगेको आज ( शुक्रवार ) सम्म ती सबै घर परिवारले राहत पाएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
अतिबिपन्नलाई प्राथमिकतामा राखेर राहत दिइएको नगर प्रमुख बस्यालले जानकाी दिनुभयो । पहिलो चरणमा चुल्हो बाल्नै नसक्ने असंगठित क्षेत्रका मजदुर सहितका अतिविपन्नलाई राहत दिएको हो – प्रमुख बस्यालले भन्नुभयो । पहिलो चरण २५ गते सम्मका लागि सो राहत भएपनि दोस्रो चरणमा अहिले भन्दा त्यो संख्या दोब्बर हुन सक्ने उहाँले बताउनुभयो । नगरले बिपन्न परिवारलाई १० किलो चामल,दुई किलो दाल,१ किलो नुन, एक पोका तेल र एउटा साबुनका दरले राहत वितरण गरेको हो ।कोरोना भाइरसको जोखिम बढेसंगै सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेका बिपन्न परिवारमा उत्पन्न भएको समस्यामा केही भएपनि सहयोग पुगोस भनेर राहत बितरण गरिएको नगरप्रमुख बस्यालले बताउनुभयो । त
सहयोग गर्नेहरुको समेत लर्काे
प्रकोप ब्यवस्थापन कोषमा सहयोग गर्नेहरुको समेत लर्काे लागेको छ ।
कोषमा १६ लाख ६५ हजार ३ सय ६७ रुपैया नगद तथा जिन्सी जुटेको छ । त्यस्तै एन आई सी एशिया बैकले दिएका एक लाख बराबरको खाद्यान्न सहित सो रकम संकलन भएको हो । कोषमा नगरका सबै जनप्रतिनिधिबाट ५ लाख ५ हजार रुपैया , शिक्षक बाहेकका कर्मचारीबाट ३ लाख ५५ हजार संकलन भएको छ ।
शैक्षिक क्षेत्रको सहयोग
त्यस्तै शैक्षिक क्षेत्रले पनि कोषमा योगदान गरेको छ । कोषमा सहयोग गर्नमा सामुदायिक तथा नीजि दुवै क्षेत्रका बिद्यालय देखिएका छन । त्यस्तै सामुदायिक बिद्यालयतर्फ राजामाहात्मा पूर्णभद्र मावि बर्दघाट ९ भुताहाले ५० हजार रुपैया प्रदान गरेको छ । यो नै सामुदायिक बिद्यालयको तर्फबाट अहिले सम्म धेरै सहयोग गर्ने बिद्यालय हो ।
प्रकोप कोषमा नवजिवन मावि बर्दघाट–४, दिब्यज्योति मावि बर्दघाट–२ , शान्ति निकुञ्ज रेवती गौमाता गौतम मावि बर्दघाट–५ ,राष्ट्रिय मावि जिमिरेभार र सरस्वती मावि बर्दघाट–१४ र बाल्मिकी मावि बर्दघाट १ ले नगद २५÷२५ हजार सहयोग गरेका छन् । त्यस्तै दाउन्नेदेवी मावि बर्दघाट ४ ले २५ हजार ५ रुपैया, गंगा मावि २५ हजार ५ सय २५ रुपैया ,निरकु माविले जहदाँले १५ हजार रुपैया कोषमा दिएका छन् । नीजि बिद्यालयले प्रकोप कोषमा नगद जम्मा गर्ने अभियान शुरु भएको छ । अभियान स्वरुप शुक्रवार कुमुदिनी मावि बर्दघाट–४ ले ५१ हजार र डेभिस स्कुलले ५० हजार कोषमा दाखिला गरेका हुन ।
नीजि क्षेत्रले गरे होस्टेमा हैसे
नीजि क्षेत्रले पनि प्रकोप कोषमा सहयोग गर्न शुरु गरेको नगर प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासी इर्टटा ब्यवसायी संघका तर्फबाट ६० हजार रुपैया , नवलपरासी सुनचाँदी ब्यवसयी संघ बर्दघाट नगर कमिटीबाट ५१ हजार १ सय ११ रुपैया , बर्दघाट बजार विकास समितिबाट २१ हजार १ सय २१ रुपैया, जिमिरेभार बजार विकास समितिबाट ११ हजार ५ बर्दघाट उद्योग बाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा साथ दिएको छ ।
संघसंस्था ,महिला सहकारी र वन
त्यस्तै महिलाहरुद्धारा संचालित दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारीसंस्थाले कोषमा ५० हजार प्रदान गरेको भने ईन्द्रेणी सामाजिक विकास मञ्चबाट २० हजार ५ सय कोषलाई प्रदान गरिएको छ । त्यस्तै चिसापानी सामुदायिक वन उपभोक्ता समुहले ५० हजार, सुलभ वचत तथा ऋण सहकारी संस्थाबाट २५ हजार,नवजागृति महिला समुहबाट ११ हजार १ सय ५ रुपैया ,मिलिजुली आमा समुहबाट १५ हजार रुपैया कोषमा जम्मा गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । त्यस्तै बर्दघाट १३ मा समाजसेवी मनोज कुमार कार्कीले प्रकोष कोषमा ११ हजार प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

 

You might also like