ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण

0

उमेश बि.क.
नवलपरासी ९ असार – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि किसानहरुलाई कृषि उपकरण हस्तान्तरण गरेकोछ। निजि तथा ब्यवसायिक फर्मको लागि उपकरण खरिदमा ५० प्रतिशत अनुदान बापत ५ ओटा चाप कटर (चारा काट्ने मेसिन) सरावल १ बासाको कैलाश यादव ,वडा नं.२ मनरीका रमेश यादव , वडा नं।. ४ गोबरहिया की दुर्गावति यादव ,वडा नं६ गडौरीको सुरेश यादव तथा वडा नं ६ पुसौलिका उमेश गुप्तालाई प्रदान गरिएको हो । र २ ब्रस कटर वडा नं २ मनरीका जगदिश यादव ,वडा नं ४ ललितपुरका इन्दल यादव हस्तान्तरण गरिएको थियो।ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल एवम् पशुसेवा प्राबिधिक यम अर्यालको सहभागितामा हस्तान्तरण गरिएको हो ।

You might also like