ब्यवसायिक सुरक्षाको माग गर्दै सुनचाँदी ब्यवसायी आन्दोलित

घटनाको भत्र्सना तथा निन्दा

0

नवलपरासी – सुनचाँदी व्यवसायीहरुले प्रहरीले सुरक्षा दिन नसकेको भन्दै आइतवार ईलाका प्रहरी कार्यालय बर्दघाटमा नाराबाजी गरेका छन् । सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनार सहितको टोलीले इलाका प्रहरी कार्यालयमा पुगेर नाराबाजी गर्दै प्रहरी निरीक्षकको राजीनामा माग गर्नुभएको थियो ।
सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र प्रहरीले शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनुभयो । उहाँले आइतवार (आज) देखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गरे आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो ।
संघका निर्वतमान अध्यक्ष राजेन्द्र सुनारले केही समय आगाडी गोपीगंज बजारमा पनि सुनचाँदी पसल तोडफोड गर्ने काम भएपनि प्रहरीले हाल सम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताउनुभयो । पटक पटक ब्यवसायीहरु असुरक्षित हुदाँ समेत प्रहरीले त्यस तर्फ खासै चाँसो नदिएकोले यो घटना भएको उहाँको भनाई थियो ।
६५ वर्षीय विश्वकर्मा सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा बजारमा रहेको न्यु धौलागिरी सुनचाँदी पसलका सञ्चालक रहनुभएको छ । शनिबार बेलुका बर्दघाट घर तर्फ फर्कने क्रममा उहाँ माथि गोली प्रहार भएको थियो । लुटपाट गर्ने उदेश्यले गोली प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान गरिएको छ । घटना स्थलमा धारिलो हतियार समेत फेला परेको थियो भने विश्वकर्माको पाखुरामा गोली लागेको थियो । विश्वकर्माको अवस्था गम्भिर भएपछि थप उपचारका लागी काठमाण्डौ लगिएको छ । घटनाको यहाँका ब्यवसायीहरुले भत्र्सना तथा निन्दा गर्दै आएका छन् ।
त्यस्तै पश्चिम नवलपरासीको बर्दघाटका सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मा माथि गोली प्रहार भएको २४ घण्टा बित्न लाग्दा समेत प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन् । शनिवार साँझ सात बजे तिर विश्वकर्मा माथि बर्दघाट १६ स्थित चोर घोलामा अज्ञात समुहले गोली प्रहार गरेको थियो । गोली प्रहार पछि उक्त समुहले विश्वकर्मा चढेको लु ७८ प ७४३५ नम्बरको स्कुटर लिएर फरार भएको थियो । स्कुटर भने प्रहरीले आइतवार घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नम्बर १४ मा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी एसपी काजिकुमार आचार्यले अनुसन्धान जारी रहेको बताउदै छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबी गर्नुभयो ।

You might also like