होली बिशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

0

बर्दघाट ७ चैत्र -बर्दघाट संचार कल्बको आयोजनामा होली बिशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विहीवार भएको कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको बताउदै होलीमा विकृति नभई एक आपसमा रङ्ग साटासाट गरेर सद्भाव बांड्दै मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर २ की अध्यक्ष दया दर्लामी मगरले संचारकर्मीले समाजमा रहेका महिलाका पिडालाई प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ८ का अध्यक्ष कविराज आचार्यले दुर दराजका क्षेत्रमा पुगेर त्यहांको बास्तविकता उजागर गर्न संचारको ठुलो भुमिका खेलेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, चिसापानी खानेपानीका अध्यक्ष मोहन गुरुङ्ग, ईन्द्रेणी सामाजीक विकास मञ्चका अध्यक्ष बद्रि सुवेदी, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बर्दघाट संचार क्लवका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत र सचिव रविन शर्मा चापागाईको संचालनमा सम्पन्न भएको थियोे ।

You might also like