गाईपालक कृषकले पाए गाई बस्ने म्याट

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाले गाईपालक कृषकहरुका लागि गाई बस्ने गुन्द्री प्रदान गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले गतबर्ष जस्तै चालु बर्ष पनि कृषकहरुका गाईगोठको सुधारका लागि काउ म्याट दिएको जानकारी दिनुभयो । उन्नत जर्सी तथा होलिष्टन जातका दुधालु गाईहरुलाई काउ म्याटमा राखेर पालन गर्दा तिनिहरुलाई आरामदायि हुने रोग कम लाग्ने हुदाँ दुध उत्पादन वृद्धि हुने पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले बताउनुभयो । नगरले गत आर्थिक बर्षमा १४३ वटा र यस आव.मा ६० गरि हालसम्म २०३ वटा काउ म्याट दिएको थियो । काउ म्याट पशुपालक कृषकहरुलाई लागत सहभागितामा वितरण गरिएको हो । ७५ प्रतिशत अनुदानमा वितरण गरिएको त्यो कार्यक्रमको कुल कार्यक्रम वजेट रु ४ लाख ८० हजार रहेको थियो । गाई बस्ने गुन्द्री पाएपछि कृषकहरु हर्षित भएका थिए । नगरले पशुपन्छीको क्षेत्रमा बिभिन्न शिर्षकमा अनुदान दिदै आएको छ ।

You might also like