सुनवल नगरपालिकामा दोस्रो चरणको राहत बितरण शुरु

0

सुनवल १५ बैशाख – सुनवल नगरपालिकामा पहिलो चरणको राहत बितरणमा छुटेका मजदुरी गरि खाने गरिव तथा बिपन्न बर्गलाइ दोस्रो चरणको राहत बितरण सुरु गरिएको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्युनिकरण एवं रोकथामका लागि सरकारले लकडाउन गरे संगै दैनिकी मजदुरी गरि जिबिकोपार्जन गर्ने बर्गहरु समस्यामा परेका छन् । पहिलो चरण राहत बितरण सकिए संगै दोस्रो चरणको राहतका लागि नगरका १३ वटै वडाबाट कुल १ हजार ८ सय ३ घरधुरी राहतको लागि सिफारीस भइ आएका थिए ।
जसअन्तर्गत आज वडा नं १ वडाकार्यलयबाट ५५ घर धुरीलाइ दोस्रो चरणको राहत बितरण गरिएको वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भयो ।
दोस्रो चरणको राहतका लागि वडा नं १ बाट २सय ५० घरधुरी सिफारीस भएका थिए । यसैगरि वडा नं ३ वडाकार्यालयबाट दोस्रो चरणको राहतका लागि सिफारिस भएका १ सय २० घरधुरी मध्ये १ घरधुरीले राहत नलिने स्वघोषण गरेको र १सय १९ घरधुरीले दोस्रो चरणको राहत प्राप्त गरेको वडाध्यक्ष कर्णबहादुर सेनले जानकारी दिनुभयो । साथै वडा नं ४ बाट ३ सय १३ घरधुरी दोस्रो चरणको राहतका लागि सिफारिस भएपनि आज २सय १५ घरधुरीले मात्र राहत प्राप्त गरेको वडाध्यक्ष बिरबहादुर गुरुगंले जानकारी दिनुभयो ।

You might also like