विपद ब्यवस्थापनका लागि बर्दघाट नगरपालिकाद्धारा एप्स सार्वजनिक

0

बर्दघाट १४ बैशाख – बर्दघाट नगरपालिकाले नगरवासीलाई विपद परे÷नपरेको बारे तथ्याँकका लागि विपद ब्यवस्थापन प्रणालीबारे मोबाइल एप्स शुरु गरेको जनाएको छ ।

फाइल तस्बिर

विपद ब्यवस्थापन बारे नगरको आधिकारिक जानकारी वा सुचनाहरु बारे अपडेट गर्ने उद्धेश्यले एप्स शुरु गरिएको आइतवार आयोजित पत्रकार भेटघाटमा नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
तत्कालका लागि कोभिड–१९ ट्रयाकिङ गर्ने उद्धेश्यले संचालन गरिएका सो एप्सले नगरमा विपदका बारे जानकारी दिने उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टिन तथा आइसोलेसन ब्यवस्थापन, लाइभ ट्रयाकिङ, दैनिक रिर्पाेट स्वयम परिक्षण जस्ता मोड्युुल समाबेश गरिएको उक्त एप्सबाट कारोना ट्रेसिङलाई सहज हुने नगरले जनाएको छ ।
यो एप्स बारे नगरपालिकाको बेबसाइडमा बुझ्न सकिने छ ।

You might also like