परासीमा जेसीजकप फुटसल प्रतियोगिता शुरु

0

परासी, १९ कात्तिक । रामग्राम जेसीज परासीको आयोजनामा त्रिकोणात्मक जेसीज कप फुटसल प्रतियोगिता आजदेखि परासीमा शुरु भएको छ । तीन दिन सञ्चालन हुने उक्त प्रतियोगितामा रामग्राम जेसीजका पूर्व अध्यक्ष, पूर्व जेसीज सदस्य र वर्तमान पदाधिकारीबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोेजकले जनाएको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । लिटिल एञ्जेल्स मावि परासीकी सञ्चालक एवं रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभिता गुरुवाचार्यको प्रमुख आतिथ्य तथा रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष धनपद यादव, महासचिव चन्द्रमणि चौधरी, कार्यकारी उपाध्यक्ष सदन पौडेल, कार्यक्रम संयोजक मोहन पौडेल लगायतले बोल्दै खेलकुद र फुटसलको महत्व तथा फाईदाबारे प्रकाश पार्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई शिल्ड,मेडल र प्रमाणापत्र वितरण गरिने छ भने उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच लगायतलाई पनि पुरस्कार प्रदान गरिने रामग्राम जेसीजले जनाएको छ ।

You might also like