बर्दघाटका पार्क कुनै हराभरा कुनै जिर्ण (फोटो फिचर )
नवलपरासी २ बैशाख – बर्दघाट नगरपालिकाको वडा नम्बर ४ स्थित बर्दघाट बजार क्षेत्रमा मात्र करिब १५ वटा सार्वजनिक स्थलमा बनाइएका पार्क (उद्यान ) छन् ।
ती मध्ये जुन पार्कलाई स्थानीय टोलवासीले रेखदेख गरेका छन् ती पार्क हराभरा हुन थालेका छन् ।
जुन पार्कलाई रेखदेख गरिएको छैन ती पार्कहरु हराभरा छैनन ।
तारबारमै सिमित छन् । जुन स्थलमा स्थानीयको चाँसो छैन त्यहाँको तारवारको समेत संरक्षण भएको छैन । जीर्ण अवस्थामा छन् ।
पार्कले सौर्दन्यता प्रदान गर्दछ । यसले सार्वजनिक सम्पतिको संरक्षण पनि हुने र वाताबरण सन्तुलन पनि हुने भएकोले टोल टोलमा रहेका पार्कको संरक्षण गर्नु आवश्यक छ ।