बर्दघाट नगरपालिकाको प्रकोप कोषमा २४ लाख ३५ हजार रुपैया संकलन

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २४ लाख ३५ हजार ६ सय ८३ रुपैया नगद संकलन भएको छ । विहीवार सम्म संकलित सो रकम बाहेक पनि ३ लाख ९८ हजार रकम बराबरको खाद्यान्न समेत संकलन भएको हो । आज सम्म २४ लाख ३५ हजार ६ सय ८३ रुपैया संकलन भएको छ – नगर प्रमुख धीरज शर्मा बस्यालले स्थानीय पत्रलाई भन्नुभयो – करिब दुई हजार परिवारलाई राहत सामाग्री वितरण भएको छ । त्यस्तै दाताहरुबाट राहत नगद तथा जिन्सी प्रदान गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

You might also like