खानेपानी संस्था परिवारबाट प्रकोप कोषमा सहयोग
नवलपरासी – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा १ लाख रुपैया प्रदान गरेको छ ।
संस्थागत रुपमै निर्णय गरेर सो रकम कोषमा दिइएको संस्थाका अध्यक्ष धातानन्द बस्यालले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण भएको लकडाउनबाट प्रभावित भएका अतिविपन्नलाई राहत होस भनेर कोषमा रकम प्रदान गरेको बताउनुभयो ।
त्यस्तै संस्थाको स्थायी कर्मचारीको ३ दिन तलबबाट हुन आउने २२ हजार ७ सय ७७ रुपैया समेत कोषमा प्रदान गरिएको संस्थाका ब्यवस्थापक बिष्णु भुसालले स्थानीयपत्रलाई जानकारी गराउनुभयो ।
दैनिक ज्यालादारी मजदुरहरुको बाहेकका स्थायी कर्मचारीको मात्रा तलब कट्टा गरिएको उहाँले बताउनुभयो ।